शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर
सारांश
- अख्तियारले स्याङ्जाको विद्यालयका प्रधानाध्यापक, लेखापाल र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उनीहरूले विद्यालयको करिब ४ लाख ७१ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
- आइसीटी कार्यक्रमको सामग्री खरिदमा अनियमितता र रकम फिर्ता नगरेको अभियोग छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा र तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतोमा विद्यालयको करिब रु. ४ लाख ७१ हजार ६६७ रुपैयाँ हिनामिना गरेको जिकिर गर्दै आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
उनीहरूलाई विद्यालयलाई प्राप्त आइसीटी कार्यक्रमअन्तर्गतका सामग्री खरिदमा अनियमितता र विद्यालयको कोषबाट रकम निकाली फिर्ता नगरेको अभियोग लगाइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजायसँगै हिनामिनाको रकम विद्यालयबाट असुल–उपर गर्न मागदाबी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण