नेपाल अमेरिकासँग पराजित
सारांश
- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल अमेरिका संग १०७ रनले पराजित भयो।
- दुबईमा भएको खेलमा अमेरिकाले २६३ रन बनाउँदा नेपालले १५६ रन मात्र बनायो।
- अमेरिकाका हर्मित सिंहले ६ विकेट लिए भने नेपालका आसिफ शेखले ३७ र दिपेन्द्र सिंह ऐरीले ४० रन बनाए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौँ सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५६ रन बनायो ।
नेपालका लागि आसिफ शेखले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले नट आउट ४० रन बनाए । नेपालका आरिफले २० रन बनाउँदा भीम सार्कीले २९ रनको योगदान गरे ।
अमेरिकाका लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८ ओभर एक बल बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै शुभम रन्जनले दुई विकेट लिँदा रुहिल गार्करले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले ।
१०० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मिलन्थ कुमारले पनि ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
अमेरिकाका लागि साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए ।बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै अमेरिका २१ खेलबाट ३० अंक जोडेर लिग२ को अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालको १७ खेलबाट १२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण