बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा छुट्टाछुट्टै खोलामा डुबेर दुई जनाको मृत्यु

आइतबार, ०९ कात्तिक २०८२, २१ : ०३
आइतबार, ०९ कात्तिक २०८२

रौतहट । रौतहटमा आइतबार छुट्टाछुट्टै खोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।

सीमावर्ती ईशनाथ नगरपालिका–८ मन्सरी टोलस्थित कुँडिया खोलामा डुबेर ८ वर्षीय अनिश बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

खोलामा डुबेर अचेत भएका अनिशलाई तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

त्यसैगरी बौधिमाई नगरपालिका–८ इनरवा पुल नजिक लाल बकैया खाेलामा नुहाउने क्रममा १२ वर्षीया शकुन्तला कुमारी साह डुबेर मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप