धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
सोमबार, १० कात्तिक २०८२, ०९ : २३
सारांश
- धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
- दुर्घटनामा घाइते हुनेहरूमा कञ्चनपुर र धनगढीका व्यक्तिहरू छन् ।
- घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ र उपचार भइरहेको छ।
धनगढी । धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । गएराति १ बजे धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४७ वर्षीय भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीया सनिशा चौधरी र ३५ रामशरण राना घाइते भएका छन् ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घाइते मध्ये चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जना खतरामुक्त छन् । चालकको नवजीवन अस्पताल र अन्य तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण