पूर्वमन्त्री प्रभु साह छठीघाटमा
सोमबार, १० कात्तिक २०८२, १८ : ४९
रौतहट । छठ पर्वको तेस्रो दिन आमजनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत विभिन्न छठीघाट पुगेर पूजा–अर्चना गरेका छन् ।
पूर्वमन्त्री साहले गुजरा नगरपालिका–५ ब्रह्मन टोल छठ घाटमा उपस्थित रही छठी माताको दर्शन गरी “महान पर्व छठको हार्दिक शुभकामना” व्यक्त गरेका छन् ।
उनले त्यसपछि करहरिया नगरपालिकाको भसेड़वा र झौवाकालगायत विभिन्न घाटमा पुगेर व्रतालु महिला र भक्तजनसँग भेटघाट गरेका थिए ।
साहले पूजा पश्चात स्थानीय बासिन्दासँग संवाद गर्दै वयोवृद्धहरूसँग आशीर्वाद पनि लिएका थिए ।
त्यसैगरी, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा पनि क्षेत्र अन्तर्गतका विभिन्न छठीघाटमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण