देउवा दम्पतीको दुई तस्बिर : यता हिँडेर गए, सिंगापुरमा ह्विलचियरमा देखिए
सारांश
- जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका छन्।
- देउवा पत्नी आरजु राणासँगै सिंगापुर गएका हुन् र उनीहरू ह्विलचियरमा देखिए।
- कांग्रेसले देउवाको स्वास्थ्यलाभको कामना गर्दै औपचारिक जानकारी गराएको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार राति हिँडेरै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरे । जुन तस्बिर रातोपाटीले सोमबार नै प्रकाशित गरिसकेको छ ।
सिंगापुरमा थप उपचारका लागि भन्दै पत्नी आरजु राणाको साथमा देउवा सिंगापुर गएका हुन् । यसअघि देउवाको लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो ।
भदौ २४ गते जेनजी प्रदर्शनकारीले धारिलो हतियार प्रयोग गर्दा सभापति देउवाको टाउकोको पछाडिको भागमा चोट लागेको थियो । त्यतिबेला चोट लागेको ठाउँमा १२ टाँका लगाइएको थियो ।
_bJX5BBK5s4.jpg)
जेनजी आक्रमणमा परेपछि लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएका देउवा असोज १८ गते पार्टी केन्द्रीय समिति बैठकका क्रममा भने पार्टी कार्यालय सानेपाबाट सार्वजनिक भएका थिए । छोटो समय कार्यालयमा बसेका उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका थिए । देउवाले आफ्नो उपचार गर्नुपर्नेलगायतका कारण देखाउँदै खड्कालाई कार्यवाहक दिएका थिए ।
नभन्दै देउवा सोमबार राति उपचारका लागि सिंगापुर गएका हुन् । देउवा सिंगापुरमा कति समय रहनेछन् भन्ने केही खुलाइएको छैन । तर, यता विमानस्थलमा ठमठम हिँडेका देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत उता पुग्दा भने ह्विलचियरमा देखिए । सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा देउवामात्रै नभएर पत्नी आरजु समेत ह्विलचियरको सहारामा देखिए । उनीहरु ह्विलचियरबाट बाहिरिएको तस्बिर सुवास कार्कीले आफ्नो फेसबुकमा राखेका छन् । कार्कीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ह्विलचियरमा देउवा दम्पती । एट चांगी एयरपोर्ट, सिंगापुर ।’
अहिले देउवाको हिलचियरसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसैबिच कांग्रेसले सभापति देउवा उपचारका लागि सिंगापुर गएको भनेर औपचारिक रूपमा जानकारी गराएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चिकित्सकको सल्लाह अनुसार सभापति देउवा आफ्नो थप स्वास्थ्योपचारका लागि पत्नी एवं पार्टीका केन्द्रीय सदस्य डा आरजु राणासहित गएराति सिंगापुर गएको जानकारी गराएका हुन् ।
कांग्रेसले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण