सल्यानको बागचौरमा गाडी दुर्घटना, ३ जना घाइते
सारांश
- सल्यानको बागचौरमा फोर्स गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
- नेपालगन्जबाट अर्वारे जाँदै गरेको फोर्स गाडी बाङ्गेलाखुरीमा दुर्घटना भएको हो।
- दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार भइरहेको छ।
सल्यान । सल्यानको बागचौर नगरपालिका–४, बाङ्गेलाखुरीस्थित राप्ती राजमार्ग सडक खण्डमा आज बिहान एउटा फोर्स गाडी सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
नेपालगन्जबाट अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नम्बरको फोर्स गाडी बागचौर नगरपालिकापा—४, बाङ्गेलाखुरीमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, गाडी चालक बाँकेको कोहलपुर उपमहानगरपालिका—१२ चप्परगौरी बस्ने २७ वर्षीय कमल बोहरा हुन् । दुर्घटना हुँदा गाडीमा कुल १४ जना यात्रु सवार थिए ।
दुर्घटनामा परेर ३ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरूमा सल्यान दार्मा गाउँपालिका–५ बस्ने ३३ वर्षीय बुद्विमान केसी, दार्मा गाउँपालिका–२ बस्ने करिब ६१ वर्षीया रत्न कुमारी वली र सोही ठाउँकी करिब ५० वर्षीया टेक कुमारी वली रहेका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको बागचौरस्थित सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण