मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हामी अझ उचाइमा पुग्न सक्छौँ : सावित्रा भण्डारी

मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ५६
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • सावित्रा भण्डारीले भारतलाई हराउनु महत्त्वपूर्ण उपलब्धि रहेको बताइन्।
  • एसियाली कप गुमाउनुको पीडा अझै रहेको र उच्च स्तरमा पुग्न सक्ने विश्वास व्यक्त गरिन्।
  • नेपाली महिला फुटबल टोलीले भारतलाई २-१ गोलले हरायो।

काठमाडौँ। नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले यस साता राष्ट्रिय टोलीसँगको नतिजा मिश्रित आए पनि भारतलाई फेरि हराउनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छिन्।

सावित्राले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै एसियाली कप गुमाउनुको पीडा अझै रहेको उल्लेख गरेकी छिन्। उनले भनिन्, ‘राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो। तर भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो।’

साम्बाले नेपाली टोलीले अझै उच्च स्तरमा पुग्न सक्ने विश्वास व्यक्त गरेकी छिन्। ‘एसियाली कप गुमाउनुको पिडा अझै छ किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौँ,’ उनले थपिन्।

उनले अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने टोलीलाई शुभकामना दिँदै यसले टोलीको ‘गहिराइ परीक्षण’ गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छिन्।

सावित्रा भण्डारीको दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार त्रिकोणात्मक अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतमाथि जित निकालेको थियो ।  शिलोङको जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हरायो । पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप