चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज
सारांश
- बर्खाले क्षतिग्रस्त चखेवा-पाँचधारे सडकको स्तरोन्नतिपछि यातायात सुचारु भएको छ।
- टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरेपछि स्थानीय र पर्यटकलाई आवतजावतमा सहज भएको छ।
- गाउँपालिका अध्यक्षका अनुसार, यो पर्यटकीय सडक भएकाले मर्मतलाई प्राथमिकता दिइएको हो।
भोजपुर । बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।
यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।
सडकलाई मर्मत पश्चात् यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी बताए । यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उनको भनाइ छ ।
चखेवाबाट पाँचधारेसम्म यो सडकको लम्बाई करिब नौ किलोमिटर रहेको छ । गाउँपालिकाभित्रका अन्य सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए । अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
-
ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
-
अन्तरजातीय विवाह व्यक्तिगत प्रेमकथाको इतिहास मात्र होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण