अपडेट
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
बुधबार, १२ कात्तिक २०८२, ०८ : १०
सारांश
- दमक नगरपालिका-२ पाङ्गिनीचोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र २१ जना घाइते भए।
- दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो।
- दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
-
ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
-
अन्तरजातीय विवाह व्यक्तिगत प्रेमकथाको इतिहास मात्र होइन
-
नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण