बजारबाट थप ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप तान्न लागेको छ, बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै रहेकोले।
- राष्ट्र बैंकले यसअघि आइतबार ९० अर्ब रुपैयाँ निक्षेप तानेको थियो, तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै।
- बोलकबोलमार्फत निक्षेप सङ्कलन हुने र ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ, जसको सावाँ तथा ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुनेछ।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप तान्न लागेको छ ।
गत आइतबार मात्रै राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ निक्षेप तानेको थियो । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८३ बैशाख ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण