मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता हतारमा नगरौँ : नारायणकाजी श्रेष्ठ

बुधबार, १२ कात्तिक २०८२, ११ : २९
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण र पुनर्गठन आवश्यक रहेको बताए ।
  • उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकतालाई बृहत् पुनर्गठनको दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
  • श्रेष्ठले एकता प्रक्रियालाई सफल बनाउन धैर्यतापूर्वक प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रूपान्तरण र बृहत् पुनर्गठन आजको आवश्यकता रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) बिचको एकता प्रक्रियालाई यही बृहत् दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका छन्।

श्रेष्ठका अनुसार एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रूपान्तरण र पुनर्गठनसहित अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ। माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकताका लागि पहल गर्ने निर्णय गरे पनि यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ।

उनले एकताको प्रक्रियालाई सफल बनाउन सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने बताएका छन्। श्रेष्ठले यसका लागि धैर्यतापूर्वक प्रयत्न गर्नुपर्नेमा जोड दिँदै हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुन आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप