३६ प्रतिशतले बढ्यो अलैँची निर्यात
बुधबार, १२ कात्तिक २०८२, १२ : ०८
सारांश
- चालु आर्थिक वर्षको तीन महिनामा अलैँची निर्यात ३६ प्रतिशतले बढेको छ।
- यस अवधिमा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
- निर्यात भएको अलैँची भारततर्फ गएको तथ्यांकमा उल्लेख छ।
काठमाडौँ । अलैँची निर्यात ३६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) मा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १०७२.२० मेट्रिक टन अलैँची निर्यात भएको छ ।
उक्त अलैँची भारततर्फ निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्ष भन्दा चालु वर्षमा ३६.७० प्रतिशतले निर्यात परिमाण बढी रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण