प्रतिनिधिसभाको विघटन घुसपैठियाहरुले गरे : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन घुसपैठियाहरुले गरेको आरोप लगाएका छन्।
- उनले जेनजी पुस्तासँग सहकार्य गर्न पार्टी तयार रहेको बताए, र चुनावबाट संविधान संशोधनको कुरा गरे।
- निर्वाचनको वातावरण बन्न नसकेको र उपलब्धि गुम्न नदिनेमा सचेत रहेको नेपालले बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन घुसपैठियाहरुले गरेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २३ मा जेनजी पुस्ताले गरेको आन्दोलनमा संविधान र संसद् विघटनको माग नभएको भन्दै प्रतिनिधिसभा विघटन गराउने काम घुसपैठियाहरुले गरेको बताएका हुन् । उनले जेनजी पुस्तासहित सबै पक्षसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन् ।
‘निर्धारित समयमा प्रतिनिधिसभाको चुनाव गराई ताजा जनादेशबाट बन्ने संसदबाट वर्तमान संविधान संशोधन गरेर जेनजी पुस्ताले उठाएका मागको सम्बोधन गर्न सकिन्छ’, अध्यक्ष नेपालले भनेका छन्– ‘जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसद् विघटन थिएन ।’
नेपालले जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने रहेको समेत बताएका छन् । ‘उनीहरुले यहि मौकामा लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन्’, नेपालले भनेका छन्– ‘यसमा जेनजी पुस्तासमेत सचेत हुनुपर्दछ ।’
अध्यक्ष नेपालले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भए पनि निर्वाचनको वातावरण बनिनसकेको बताएका छन् ।
‘सरकारले निर्वाचनको वातावरण निर्माण गर्न पर्याप्त पहल गर्न सकेको छैन । राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित कार्यक्रम अगाडि सारेका छैनन्’, नेपालले आगामी दिनको परिस्थिति कसरी बढ्छ भन्ने यकिन नभएको बताएका छन् । उनले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्न दिनुहुँदैन भन्नेमा सचेत रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण