प्रेममा पर्दा रोग निको भयो, चीनको अनौठो प्रेम कहानी भाइरल
सारांश
- शान्सी प्रान्तकी एक महिलाले मिर्गौला फेलियरबाट बच्न सामाजिक सञ्जालमा सहयोगको याचना गरिन्।
- एक युवकले मिर्गौला दान गर्ने प्रस्ताव गरे र उनीहरूबीच प्रेम बस्यो, पछि गोप्य विवाह गरे।
- उनीहरूको कथामा आधारित फिल्मले ठूलो सफलता हासिल गर्यो र यो जोडीको प्रेम कहानी पुन: चर्चामा आएको छ।
बेइजिङ । चीनमा एउटा अनौठो पुरानो प्रेम कहानी भाइरल भइरहेको छ । उत्तरपश्चिम चीनको शान्सी प्रान्तकी २४ वर्षीया महिला वाङ सियाओ गम्भीर खालको मिर्गौला फेलियरबाट पीडित थिइन् । मिर्गौला प्रत्यारोपण भएन भने उनी एक वर्षभन्दा बढी नबाँच्ने डाक्टरहरूले बताएका थिए । आफ्नो परिवारमा मिल्दो दाता नभेटेपछि, वाङले सामाजिक सञ्जालमा एउटा अनौठो विज्ञापन पोस्ट गरिन् । ‘विवाह पछि म तपाईंको पूर्ण हेरचाह गर्नेछु । कृपया मलाई माफ गर्नुहोस्, म केवल बाँच्न चाहन्छु,’ क्यान्सरका बिरामीहरूको एउटा समूहमा कड्नी दान दिने व्यक्ति खोज्दै उनले लेखेकी थिइन् ।
वाङको पोष्ट पढेपछि २७ वर्षीया यु झेन्पिङले जवाफ दिए । वाङ र युको रगत समूह एउटै थियो । तर उनी क्यान्सरसँग लडिरहेका थिए । युको मृत्यु पछि उनको मिर्गौला वाङलाई दान दिइने सहमति भयो । यस क्रममा वाङले पनि युलाई उपचारमा सहयोग गरिन् । फूल बेचेर युको बोन–म्यारो ट्रान्सप्लान्टको लागि चाहिएको ५ लाख युआन जुटाइन् । उनको हेरचाह पनि गरिरहिन् । समय बित्दै जाँदा दुईबीच प्रेम बस्यो । २०१३ मा दुबैले गुपचुप बिहे गरे । २०१४ को मध्यसम्ममा, युको अवस्थामा सुधार हुन थाल्यो र वाङलाई डायलिसिसको आवश्यकता कम हुँदै गयो र ट्रान्सप्लान्ट पनि चाहिएन । २०१५ मा यो जोडीले स्थानीय रेष्टुराँमा आफ्नो बिहेको भोज गरे ।
यो जोडीको कथालाई लिएर २०२४ मा भिभा ला भिडा फिल्म बनाइयो । यो फिल्मले चीनमा २७ करोड ६० लाख युआनभन्दा धेरै कमायो । उनीहरूको कथा अब सामाजिक सञ्जालमा फेरि समाचारमा आएको छ । मानिसहरूले यस कहानीलाई मानवता, आशा र बलिदानको उदाहरण भनिरहेका छन् । यसले अंग दान, नैतिकता र वास्तविक अर्थमा सम्बन्धको गहिरो प्रतिबिम्ब देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण