'आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न प्रहरीले आयोगको बाटो हेर्नुपर्दैन'
सारांश
- जेनजी आन्दोलनका घटनामा संलग्नलाई तत्काल कारबाही गर्न न्यायिक जाँचबुझ आयोगका अध्यक्षले निर्देशन दिएका छन्।
- आयोगले फौजदारी कसूरमा अनुसन्धान नगर्ने र प्रहरीले प्रमाण फेला परे तत्काल कारबाही गर्नुपर्ने कुरामा जोड दिएको छ।
- आन्दोलनका क्रममा भएको क्षतिपूर्ति र कर्मचारीको मनोबल उच्च बनाउनुपर्ने विषयमा छलफल भएको छ।
बारा । जेनजी आन्दोलनका घटनाबारे गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर काकीले भदौ २३ र २४ गते भएको आगजनी र लुटपाटका घटनामा संग्लनलाई तत्कालै कारबाही बढाउन प्रहरीले आयोगको बाटो हेर्नुनपर्ने बताएका छन् ।
जेनजी आन्दोलनमा क्रममा निजी तथा सार्वजनिक सम्पति क्षति भएमा निर्वतमान संघीय सासंदहरू, पालिका प्रमुख, कार्यालय प्रमुखहरूसँगको छलफलमा आयोगका अध्यक्ष कार्कीले फौजदारी अभियोगमा दोषी देखिएकालाई तत्काल कारवाही बढाउन भनेका हुन् ।
‘फौजदारी अपराध गरेर घर सम्पति जलाउने, लुटपाटका घटनामा संग्लनमाथि कानुनले अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिएको छ, प्रहरीले अनुसन्धान गर्ने हो, आयोगले फौजदारी अपराधमा अनुसन्धान गदैन्,’ अध्यक्ष कार्कीले भने, ‘अहिलेको सन्दर्भमा तत्काल प्रमाणित देखिएको छ भने सरकारले आयोगको प्रतिवेदन कुरेर बस्नु पर्दैन् ।’
आन्दोलनका क्रममा फौजदारी घटनामा कारबाही अगाडि नबढाउन यसअघि गृह मन्त्रालयले देशभर परिपत्र गरेको थियो । आयोगका अध्यक्ष कार्कीले गृहको सो निर्णय तत्काल खण्डन गरेको फौजदारी कसुरमा तुरुन्तै अनुसन्धान गरेर कारबाही अगाडि बढाउन दबाब दिएको टिप्पणी गरेका छन् ।
फौजदारी कसुरमा प्रमाण हुँदाहुँदै पनि कारवाही नभएको भन्दै धेरै गुनासो आएको अध्यक्ष कार्कीको भनाइ थियो । ‘घटनामा प्रत्यक्ष रूपमा संग्लनहरूलाई कारबाही गर्नैपर्छ, यसरी हुँदैन, मुद्दा चल्नैपर्छ,’ उनले भने, ‘पीडितले पनि अदालतबाट क्षतिपूर्ति दाबी गर्दा प्राविधिकबाट क्षति मूल्याकंन र प्रमाणित गरेको हुनैपर्छ ।’
जेनजी आन्दोलनपछि कमजोर भएको प्रहरी र स्थानीय प्रशासनको मनोबललाई उठाउने काम गृह मन्त्रालयले गनुपर्ने कार्कीको भनाइ थियो । ‘केन्द्रीय सरकारले ढाडस नदिइकन हुँदैन्,’ कार्कीले भने, ‘कर्मचारीको मनोबल उच्च बनाइएन भने भोलि चुनाव नै हुन सक्दैन, मनस्थिति नै सुरक्षित छैन भने हामी कसरी काम गर्ने भन्ने कर्मचारीहरूको भनाइ छ ।’
न्यायिक जाँचबुझ आयोगका अध्यक्ष कार्कीको टोलीले बुधबार बारा र पर्साका केही प्रभावित क्षेत्रहरूमा पुगेर सरोकारवालासँग छलफल गरेको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निवर्तमान संघीय सासंदहरू किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली, जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल, कलैया उपमहानगरका प्रमुख विनोद साह, निजगढ नगरपालिका प्रमुख सुरथ पुरी, विश्रामपुर गाउँपालिका प्रमुख जुल्फकार अलि भुटो, बारागढी गाउँपालिका प्रमुख अशोककुमार जयशवाल लगायतले जेनजीको नाममा भदौ २३, २४ र २५ गते समेत आगजनी, लुटपाट र तोडफोडका घटनामा भएकाले यस्ता कार्यमा संग्लनहरूलाई तत्काल कारबाही बढाउन आग्रह गरेका थिए ।
संघीय सांसद र जनप्रतिनिधिहरूको गुनासोमा अध्यक्ष कार्कीले काठमाडौ पुग्नासाथ गृहमन्त्रीलाई भेटेर फौजदारी कसुरमा संग्लनलाई कारबाही बढाउन दबाब दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण