सेयरबजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक : सीईओ चापागाईं
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् ।
नेपाल सेयरबजार लगानीकर्ता सङ्घको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले शेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् ।
बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको ऊर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।
नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए ।
राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ ।
नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले भने,‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । नेपाल अझै पनि बैंकमा आधारित अर्थतन्त्रबाट बजार आधारित अर्थतन्त्रको यात्रामा छ । यो यात्रा सफल बनाउन लगानीकर्ता, नियामक, दलाल कम्पनी र सूचिकृत कम्पनी सबैको साझा जिम्मेवारी हुन्छ । बजारमा सबैभन्दा ठुलो कुरा विश्वास हो । विश्वास हरायो भने बजार पनि कमजोर हुन्छ । बजारमा उत्तारचढाव आउँछ । तर यसले दीर्घकालीन सोच राख्छ र अध्ययन गरेर निर्णय गर्छ । अन्ततः सफल हुन्छ । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालीन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रूपमा हेर्छन् तर वास्तवमा पुँजीबजार जनताको बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने माध्यम हो । यसले देशमा रोजगारी सिर्जना गर्नुका समृद्धि ल्याउँछ । बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक हुन्छ । नियम धेरै भयो भने बजारमा उत्साह घट्छ, तर स्वतन्त्रता बढी भयो भने बजारमा अराजकता आउँछ । त्यसैले हामीले स्मार्ट रेगुलेसन अर्थात बुद्धिमानीपूर्वक नियमन अपनाउनुपर्छ । जसले लगानीकर्ताको हित पनि बँचाओस् । बजारको ऊर्जा पनि कायम राखोस् ।’
उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयरबजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयरबजार लगानीकर्ता सङ्घले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।
कार्यक्रममा सेयरबजार लगानीकर्ता सङ्घका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरू सङ्गठित हुन जरुरी रहेकाले सङ्घ स्थापना गरिएको बताए ।
उनकाअनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको छ । अध्यक्ष श्रेष्ठले भने,‘एउटा ठुलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो सङ्ख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्छ । तर सेयर बजारका लगानीकर्ताहरू जति छरिएर रहेका छौँ । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’
कार्यक्रममा साधारण लगानीकर्ता सङ्घका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिँदा आफूहरू सङ्घ, सङ्गठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।
उनले सेयर बजारका एजेण्डाहरु बोकेर नियामक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण