सेयर बजार २६०० विन्दुमा, हिमालयन बैंकको प्रोमोटर सेयरले उचाल्यो कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह छाएको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३४.२२ अङ्कले बढेको हो ।
यो सँगै परिसूचक २६००.३८ विन्दुमा पुगेको छ । बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ ।
बजारमा आज २१६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
म्युचुअलफ फण्ड बाहेक बजारका सबै समूहको सूचक बढेको छ । हाइड्रोपावर क्षेत्रमा सबैभन्दा धेरै २ प्रतिशत माथिको वृद्धि भएको छ ।
बजारमा आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत र सुपर मादी हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । एनअईबीएल स्ट्याबल फण्ड आज ५.७० प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ ।
कारोबारका आधारमा आज हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ । राधी जलविद्युत् र नेपाल पुनर्बीमा कम्पनी ३० करोडभन्दा माथिको कारोबार सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण