मौसमको प्रभाव : ‘इन्डोर’तिर फिल्म सुटिङ
सारांश
- मौसम परिवर्तनको कारण नेपाली फिल्म क्षेत्रमा असर परेको छ, जसले गर्दा छायांकन प्रभावित भएको छ।
- म्याग्दीमा 'परालको आगो' र मुस्ताङमा 'कबड्डी ५' को छायांकन मौसमका कारण इन्डोरमा सारिएको छ।
- 'डल्लेले इन्ट्री मार्यो' को कास्कीमा भइरहेको छायांकनमा पनि वर्षाको प्रभाव देखिएको छ।
काठमाडौँ । देशभरको मौसम परिवर्तनको असर नेपाली फिल्म क्षेत्रमा पनि देखिएको छ । परिवर्तित मौसमको कारण हलमा लागेको फिल्मको व्यवसायमा असर परेको छ भने छायाङ्कनमा रहेका फिल्म पनि प्रभावित बनेका छन् ।
फिल्म ‘परालको आगो’को छायाङ्कन अहिले म्याग्दीमा भइरहेको छ । फिल्मका निर्माता सुशील पोखरेलका अनुसार पानी पर्नु अगाडि आउडोर छायाङ्कन भइरहेको फिल्म पानी परेपछि अहिले इन्डोर सुटिङ भइरहेको छ । ‘अहिले सेड्युल आउटडोर नै हो । मौसमका कारण इन्डोर सुटिङ गर्नुपर्यो,’ निर्देशक लक्ष्मण सुनारले भने । फिल्ममा प्रकाश सपुत, सौगात मल्ल, सुहाना थापाको अभिनय रहेको छ ।
यता, फिल्म ‘कबड्डी ५’को छायाङ्कन पनि इन्डोरमा भइरहेको छ । मुस्ताङमा पानी र चिसोको कारण फिल्म इन्डोर छायाङ्कन भइरहेको निर्माण युनिटले जनाएको छ । केही दिन अघि पनि मुस्ताङमा हिमपात हुँदा एक दिन छायाङ्कन प्रभावित भएको थियो ।
फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को कास्कीको याङ्जाकोटा भइरहेको छ । फिल्मको वर्षाका कारण इन्डोर र आउटडोर दुबै सुटिङ मिलाएर भइरहेको निर्देशक राजु गिरीले बताए । फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, विनोद न्यौपानेलगायतले अभिनय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण