शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन अघि महाधिवेशन हुन सक्दैन : लक्ष्मी खतिवडा

बिहीबार, १३ कात्तिक २०८२, १७ : १३
बिहीबार, १३ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले निर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन हुन नसक्ने बताएकी छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य खतिवडाले निर्वाचनमा जाने हो हो निर्वाचन अघि महाधिवेशन हुन नसक्ने बताइन् ।

निर्वाचनमा जाने कि संसद् पुनस्थापना पर्ने पार्टीको धारणा निर्क्याैल गरेपछि मात्रै महाधिवेशनबारे निर्णय गर्नुपर्ने उनको भनाइ छ । 

‘निर्वाचनमा जाने कि संसद् पुनर्स्थापनामा बटम लाइन क्लियर हुनुपर्‍यो । होइन, चुनावमा जाने हो भने चुनावपछि महाधिवेशन गर्नुपर्‍यो,’ खतिवडाले भनिन् ।

पार्टी सङ्कटमा परेको बेलामा विशेष महाधिवेशन भनेर विवाद गर्नु उपयुक्त नभएको खतिवडाको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप