जिल्ला सुरक्षा समितिमा व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले देशभरका जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा प्रतिनिधिलाई अनिवार्य रूपमा समावेश गर्न सरकारसँग माग गरेको छ ।
पछिल्लो समय विभिन्न आन्दोलनका नाममा भएका तोडफोड र अराजक गतिविधिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै महासङ्घले गृहमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेको हो ।
महासङ्घले गृह मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ,‘पछिल्लो समय आन्दोलनका क्रममा घुसपैठबाट भएको तोडफोडका साथै अराजकताका कारण निजी क्षेत्र पनि प्रभावित भएको छ, यस्ता घटनाले व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको र व्यवसायीको मनोबल कमजोर बनाएको महासङ्घको ठहर छ ।’
व्यावसायिक मनोबल बढाउन र सरकार तथा निजी क्षेत्रबिच समन्वय र सहकार्यलाई मजबुत बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा समन्वय संयन्त्रको आवश्यकता महसुस भएको पत्रमा उल्लेख छ ।
यसै सन्दर्भमा जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्याङ्कन र आकस्मिक निर्णय प्रक्रियामा व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासङ्घले माग अघि सारेको हो ।
पत्रमा भनिएको छ,‘ जिल्ला सुरक्षा समितिमा सम्बन्धित जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधिलाई सहभागी गराउने व्यवस्थाका लागि माननीय मन्त्रीज्यू समक्ष सादर अनुरोध गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण