विराटनगर भन्सारको राजश्व सङ्कलन गत वर्षभन्दा बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा विराटनगर भन्सार कार्यालयले राजश्व सङ्कलनको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सङ्कलनमा उल्लेखनीय सुधार गरेको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार श्रावण, भाद्र र आश्विन महिनामा लक्ष्यको तुलनामा कम राजश्व उठे पनि गत वर्षको तुलनामा सङ्कलन रकम र प्रतिशत दुवैमा वृद्धि देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा ३ अर्ब ३८ करोड ६ लाख ९३ हजार रुपैयाँ लक्ष्य पाएकोमा कार्यालयले २ अर्ब ६५ करोड ६७ लाख ६९ हजार रुपैयाँ (७८.५९ प्रतिशत) मात्र सङ्कलन गर्न सक्यो ।
त्यस्तै, भाद्र महिनामा ३ अर्ब ४९ करोड २६ हजारको लक्ष्यमा २ अर्ब ८० करोड ८४ लाख २ हजार (८०.४७ प्रतिशत) र आश्विनमा ३ अर्ब ४९ करोड ८४ लाख ४९ हजारको लक्ष्यमा २ अर्ब ८८ करोड ६४ लाख ९९ हजार (८२.५१ प्रतिशत) राजश्व सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भन्सार कार्यालयले लक्ष्य हासिल गर्न भने चुकेको देखिन्छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको तथ्याङ्कसँग तुलना गर्दा भने यस वर्षको सङ्कलन उत्साहजनक देखिन्छ । गत वर्षको भाद्र महिनामा लक्ष्यको केवल ६८.२५ प्रतिशत र आश्विनमा ७४.६५ प्रतिशत मात्र राजश्व उठेको थियो ।
गत वर्षको श्रावणमा २ अर्ब ६२ करोड ४२ लाख १३ हजार सङ्कलन भएकोमा यस वर्ष सोही अवधिमा २ अर्ब ६५ करोड सङ्कलन भएको छ । गत वर्ष निराशाजनक रहेको भाद्र र आश्विन महिनामा यस वर्ष भने ठुलो सुधार देखिएको छ ।
गत वर्ष भाद्रमा २ अर्ब ४४ करोड ४२ लाख ६९ हजार सङ्कलन भएकोमा यस वर्ष २ अर्ब ८० करोड नाघेको छ ।
त्यसैगरी गत आश्विनमा २ अर्ब ४७ करोड ४७ लाख ९३ हजार मात्र उठेकोमा यस वर्ष २ अर्ब ८८ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
-
छानबिन आयोगको वैधानिकताबारे प्रश्न उठाउँदै दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण