पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी दिइने
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी गर्ने निर्णय गर्यो।
- चिनियाँ ठेकेदार कम्पनीलाई ३ अर्बभन्दा बढी रकम भुक्तानी दिने निर्णय, लामो समयदेखिको विवाद समाधान गरियो।
- प्राधिकरणले अर्थ र पर्यटन मन्त्रालयको सहमतिमा भुक्तानी स्वीकृत गरेको र यसले आयोजना सञ्चालन सहज बनाउनेछ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी गर्ने दिइने भएको छ।
राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङलाई तिर्न बाँकी रकमको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार उक्त कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम धराैटीसहित ३ अर्ब चार कराेड ९९ लाख ४५ हजार १३१ रूपैयाँ बेरुजु कट्टा गरी फर्छ्याैट गर्ने निर्णय गरिएकाे हाे ।
अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमति पश्चात् प्राधिकरणले गत असोज २० गते बसेको निर्णयअनुसार उक्त भुक्तानी स्वीकृत गरेको हो।
प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा बाँकी रकम तिर्ने प्रक्रियामा देखिएका प्राविधिक तथा प्रशासनिक विषयहरू समाधान गर्दै अन्तिम भुक्तानीका लागि अनुमति दिएको जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण