भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको जिम्मा लगाइयो
सारांश
- भारतका विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाको उद्धार गरिएको छ।
- उनीहरूलाई मधेस प्रदेश सरकारको रोहवरमा परिवारको जिम्मा लगाइएको छ।
- उद्धार गरिएका बालबालिकाहरू मधेस प्रदेशका विभिन्न जिल्लाका हुन्, जसको उमेर ९ देखि १७ वर्षसम्म छ।
काठमाडौँ । भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर आज परिवारको जिम्मा लगाइएको छ ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पुरा गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाउने काम भएको हो ।
उद्धार गरिएका बालबालिकाहरूमा मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण