फ्राइडे रिलिज : एक्लै आयो 'परान'
सारांश
- आजबाट फिल्म 'परान' प्रदर्शनमा आएको छ, जुन दीपक प्रसाद आचार्यको डेब्यु निर्देशित फिल्म हो।
- फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतका कलाकारहरूको अभिनय रहेको छ, र यसले पारिवारिक कथा प्रस्तुत गर्दछ।
- फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ र करिब ७० शोका साथ प्रदर्शन भइरहेको छ।
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म 'परान'ले देशभर एकल प्रदर्शन अवसर पाएको छ । यद्यपि देशभरका फिल्म हल कब्जा गर्न भने असफल छ ।
किनभने अघिल्ला साताहरूमा रिलिज भएका धेरै फिल्मले कतिपय हलमा कब्जा जमाएका छन् भने बलिउडको फिल्म ‘बाहुबली : द एपिक’ पनि रिलिजमा आएको छ ।
‘परान’ दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशित फिल्म हो । वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।
व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माण रहेको फिल्म बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्म करिब ७० बढी शोसहित प्रदर्शनमा आएको छ । भावनात्मक पारिवारिक कथा बोकेको यो फिल्मले नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई आकर्षित गर्ने बताइन्छ ।
केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोड)बाट सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको बिहीबार साँझ प्रिमिएर समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण