अदालतले निलम्बन सदर गरेपनि राजु पाण्डेकाे कमाण्ड कसरी ?
सारांश
- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ।
- पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि निलम्बन गरिएको थियो।
- अदालतले रिट खारेज गरे पनि पाण्डेको निलम्बन फुकुवा भइसकेकाले उनलाई काम गर्न बाधा पर्ने छैन।
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखे पनि उनले कमाण्ड छोडेका छैनन् ।
बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरेको थियो ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए ।
उनलाई कम्तीमा ६ महिनाको लागि निलम्बन गरिएको थियो । सो निलम्बनविरुद्ध पाण्डे रिट लिएर उच्च अदालत पाटन गएका थिए । तर पाण्डेको रिट खारेज भएको थियो ।
तर अदालतले पाण्डेको रिट खारेज गर्नु अगाडि नै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनलाई निलम्बन फुकुवा गरिसकेको पाइएको छ ।
नगर प्रहरी प्रमुख पाण्डेबारे जाँचबुझ गर्न गठन भएको समितिले पनि उनलाई निलम्बन गरिरहन नपर्ने भनी प्रतिवेदन दिएको थियो ।
सोही आधारमा गुरागाईँले असोज २८ मै पाण्डेको निलम्बन फुकुवा गरिसकेका थिए । रिट निवेदन खारेज भएपनि यसअघि नै निलम्बन फुकुवा भएकाले उनलाई निरन्तर काम गर्न भने कुनै बाधा नपर्ने महानगर स्रोतले जानकारी दियो ।
यद्यपि महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाँईले रिट खारेजीको पूर्णपाठ आइतबार मात्रै आउने भएकाले त्यसपछि मात्रै जवाफ दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण