रुपन्देहीमा ट्रक र बस ठोक्किँदा ११ यात्रु घाइते
शुक्रबार, १४ कात्तिक २०८२, १४ : १८
सारांश
- रुपन्देहीको ओमसतियामा बस र ट्रक ठोक्किँदा ११ जना घाइते भए।
- भैरहवाबाट बुटवल जाँदै गरेको माइक्रोबस र ट्रक ठोक्किएका हुन्।
- घाइतेमध्ये केहीको भीम अस्पतालमा उपचार भइरहेको छ, चालकलाई नियन्त्रणमा लिइएको छ।
रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।
शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्ने क्रममा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ भने अन्य घाइतेहरूलाई नजिकैका स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि ट्रक र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण