बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण अर्थमन्त्रीलाई हस्तान्तरण

शुक्रबार, १४ कात्तिक २०८२, १५ : ४४
शुक्रबार, १४ कात्तिक २०८२

काठमाडौँ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पेस गरेका छन् । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उक्त विवरण हस्तान्तरण गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम महालेखा नियन्त्रक कार्यालयले तयार पारेको उक्त प्रतिवेदनमा नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।

ऐनको दफा ३३ को उपदफा ११ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ को उपनियम ७ बमोजिम आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदनसहित एकीकृत विवरण पेस गरिएको हो । 

कार्यक्रममा महालेखा नियन्त्रक पौडेलले नेपालको संविधान, प्रचलित ऐन र अन्य कानुनको अधीनमा रही सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको आधारमा एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार गर्ने जिम्मेवारी अनुसार निर्धारित समयभित्रै प्रतिवेदन पेस गरिएको जानकारी दिए । 

आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ ।

विभिन्न कोषहरू र एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दातको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको छ ।

नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुरूप तयार पारिएको प्रतिवेदनमा सरकारी बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरू समावेश गरिएका छन् ।

553723931_606692515805184_5064304355110315670_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप