ओलीले समाजवादीका कार्यकर्तालाई ढोक्सो थाप्ने चाल गरे : भीम रावल
सारांश
- डा. भीम रावलले केपी ओलीले एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा तान्न खोजेको आरोप लगाए।
- रावलले ओलीको भनाइमा कुनै सार्थकता नभएको र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता फुकुवा गर्नुपर्ने बताए।
- रावलले भदौ २३ र २४ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने पनि उल्लेख गरे।
काठमाडौँ । मातृभूमि जागरण अभियानका अभियन्ता डा.भीम रावलले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका कार्यकर्ताहरू आफ्नो पार्टीमा तान्न ढोक्सो थाप्ने चाल गरेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आरोप लगाएका हुन् ।
‘शब्द जाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन’ रावलले भनेका छन् ।
ओलीले साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटाएर देखाउनुपर्ने रावलको भनाई छ । ‘साथै अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी समेत लिनुपर्थ्यो’ रावलले फेसबुकमा भनेका छन् ।
यस्तो छ रावलको स्ट्याटस :
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भए पनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्ष अगाडि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो।
विगतमा भएका गल्ती कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो। त्यो केही नगरी शब्द जाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण