रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा
सारांश
- रक्षा बमको संयोजकत्वमा 'नेपाल जेनजी फ्रन्ट' घोषणा गरिएको छ।
- यस संगठनको उद्देश्य जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्नु हो।
- संगठनले विद्रोहमा जोडिएका सबैलाई एकताको आह्वान गरेको छ।
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो ।
भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ- ‘यही मिति २०८२ साल भाद्र २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सदभाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ ।’
उक्त समिति हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत प्रेस वक्तव्यमा जनाइएको छ । साथै, नेपाल जेनजी फ्रन्टका तर्फबाट जेनजी विद्रोहको दस्तावेज समेत सार्वजनिक गरिएको प्रेस वक्तव्यमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण