बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा विदेशीसँगै नेपालीहरूले पनि मनाए हालोविन पर्व

शनिबार, १५ कात्तिक २०८२, ०७ : ०९
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • अमेरिकामा नेपाली समुदायले पनि हालोविन पर्व मनाए, दोस्रो पुस्ताको उत्साहजनक सहभागिता रह्यो।
  • नेपाली बालबालिकाहरूले 'ट्रिक अर ट्रिट' शैलीमा मिठाई मागे, अभिभावकको साथमा पर्व मनाए।
  • हालोविन पर्व इसाईहरूको चाड हो, जुन पुरानो सेल्टिक पर्व साह्विनसँग जोडिएको छ।

अमेरिका । अमेरिकामा हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व यस वर्ष पनि विदेशीसँगै  हर्सौल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडि र पछाडि मनाउने क्रम जारी रहेको छ । यस वर्ष नेपालीहरूको दोस्रो ठुलो महान् चाड तिहार पछि यो हालोविन मनाइएको छ । यस वर्ष पनि अमेरिकामा जन्मिएका जन्मिएका दोस्रो पुस्ताले समेत यो पर्व रमाएर खेलेका छन् ।

हालोविन पर्वलाई हृदय देखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्तासहितसँग अभिभावकको रूपमा सँगै घरघर जाँदै हालोविन पर्व मनाएका छन् ।

आफ्नो चाड पर्वको साथै अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित हालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले धूमधामसँग मनाउन सुरु गरेका छन् ।

नेपालीहरूले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रिट अर्थात नेपालीमा मिठाई नदिए चाल चल्छु ” वा “चाल कि उपहार?” भन्ने गरिन्छ । यसको अर्थ — बालबालिकाहरू घरघरमा गएर भन्छन्,“यदि तपाईँले मलाई केही मिठाई दिनु भएन भने, म सानो मजाक वा चाल चलाउँछु।”

साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व खुसी हुदै मनाएका छन् ।

HALLOWEEN 2025 1

प्रायजसो कालो रङ्गको पोसाक अधिकांश देखिएता पनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई (चकलेट) माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बाढेका छन् । हालोविन खेल्न आउनेलाई पैसा अथवा दक्षिणा दिनु पर्दैन ।

बालबालिका तथा किशोरकिशोरीले मिठाई (चकलेट) माग्ने गर्छन् । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ र जानु पर्छ ।

HALLOWEEN 2025 8

घरबेटीले अन्य खाने कुराहरू दिनु पर्दैन  । नेपालको तिहारको समय र हालोविनको समय कहिलेकाहीँ एक दुई दिनको फरकमा पर्न जान्छ । तर यस पटक तिहार सकिए पछि हालोविन परेको छ ।

बालबालिकाले पहेँला, निला, काला, सेता वस्त्र भूतप्रेत झैँ होलिका मुकुन्डो, नकाव, भोजमा लगाईने बिशेष पोशाकमा घर, बजार तथा ठुला ठुला विशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।

हालोविन के हो ? र किन मनाइन्छ ?

हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

हालोविनको जरा पुरानो सेल्टिक पर्व साह्विनसँग जोडिएको  छ, जुन २,००० वर्षअघि आयरल्याण्ड र स्कटल्याण्डमा मनाइन्थ्यो। त्यो समयमा अक्टोबर ३१ को राती मरेका आत्माहरू फर्किन्छन्, त्यसैले मानिसहरूले आगो बाल्थे, मुखौटा लगाउँथे, र आत्माबाट जोगिन पूजा गर्थे ।  तर आजको समयमा हालोविन एक मनोरञ्जन र समुदायको पर्व बनिसकेको छ।

HALLOWEEN 2025 2

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

HALLOWEEN 2025 7

हालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्न्यासी दिवसको नामले पनि जानिन्छ ।

HALLOWEEN 2025 5

आफ्ना बालबालिकाहरूलाई कसरी सुरक्षितसंग हालोविनमा सहभागी हुने ,कसरी सडक काट्ने आदी बारेमा पनि जानकारी गराईएको छ । यदी मुख्य बजार भित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको छ ।

HALLOWEEN 2025 6

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । हालोविनमा घर बाहिर ,भित्र सजावट ,बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरू पनि सजावटको साथमा हिँड्न थालेका छन् ।

हालोविन पर्व मनाउँदा १२ वर्ष मुनिका भएमा अनिवार्य रूपमा अभिभावक साथमा हिँड्ने गर्छन् ।  यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकी  वरपर मात्र खेल्न सुझाव गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप