काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने महिला टोलीको बिदाइ
काठमाडौँ । काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई बिदाइ गरिएको छ ।
शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई बिदाइ गरेका हुन् ।
विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए । त्यस्तै उनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिने नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको पनि बताए ।
खेलकुद विकास कोषमा कम्पनीहरूले आफ्नो सीएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्तावसमेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे ।
त्यस्तै उनले सबै खेलका खेलाडीलाई परिचय पत्र वितरण गर्ने तयारीसमेत आफूले गरेको बताए ।
नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कात्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्नेछ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिबल संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण