भ्यालेन्सियामाथि रियलको सानदार जित, ७ अंकको अग्रता
सारांश
- रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-० ले हराएर ला लिगाको शीर्ष स्थानमा ७ अंकको अग्रता लियो।
- किलियन एमबाप्पेले दुई गोल गरे भने भिनिसियस जुनियरले पेनाल्टी खेर फाले।
- रियलको यो लगातार चौथो जित हो र पछिल्ला ११ खेलमध्ये १० मा सफलता मिलेको छ।
म्याड्रिड। किलियान एमबाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता ७ अंकको बनाएको छ। सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले ४-० को आरामदायी जित दर्ता गरेको हो।
एमबाप्पेले खेलको ३१ मिनेटभित्रै दुई गोल गरेका थिए । त्यसपछि भिनिसियस जुनियरले भने पेनाल्टी खेर फालेका थिए, जसलाई भ्यालेन्सियाका गोलकिपर जुलेन अगुइरेजाबालाले बचाए। तर, पहिलो हाफ सकिनुअघि जुड बेलिङ्घमको उत्कृष्ट प्रहारले घरेलु टोलीलाई थप अग्रता दिलायो।
अल्भारो कारेरासले खेलको अन्त्यतिर अर्को गोल थपे । रियलको यो स्पेनिस शीर्ष डिभिजनमा लगातार चौथो जित हो। यो जितसँगै रियलले पछिल्ला ११ खेलमध्ये १० मा सफलता हासिल गरेको छ।
गत हप्ताको एल क्लासिकोमा प्रतिस्थापन गरिँदा असन्तुष्टि व्यक्त गर्दै सिधै टनेलतर्फ गएका भिनिसियस जुनियरमाथि यो खेलमा धेरैको ध्यान थियो। बार्सिलोनाविरुद्धको जितमा गोल गरेका एमबाप्पे र बेलिङ्घमसँगै ब्राजिलियन विङ्गर भिनिसियसले पनि सुरुवात गरेका थिए।
ला लिगाको दोस्रो स्थानमा रहेको भिल्लारियलले सोही दिन रायो भालेकानोलाई ४-० ले हराएको थियो। तेस्रो स्थानमा रहेको बार्सिलोनाले आइतबार आठौँ स्थानको एल्चेलाई हराएमा रियलसँगको अंक दूरी पाँचमा झार्न सक्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण