मेक्सिकोमा सुपरमार्केटमा विष्फोट हुँदा २३ जनाको मृत्यु
आइतबार, १६ कात्तिक २०८२, ११ : ०६
सारांश
- मेक्सिकोको सोनोरा राज्यमा रहेको सुपर मार्केटमा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ।
- विस्फोटमा ११ जना घाइते भएका छन्, जसमा केही नाबालिगहरू पनि छन्।
- मेक्सिकोमा 'डे अफ दि डेड' मनाइरहँदा हर्मोसिलोको वाल्दोको स्टोरमा विस्फोट भएको हो।
मेक्सिको सिटी । मेक्सिकोमा एउटा सुपर मार्केट विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएको भन्दै अल जजिराले समाचार छापेको छ । समाचारका अनुसार शनिबार सोनोरा राज्यको हर्मोसिलोको केन्द्रमा रहेको वाल्दोको स्टोरमा विस्फोट हुँदा अरू ११ जना घाइते भएका छन् ।
मर्नेमा कयौँ नाबालिग भएको राज्यका गभर्नर अल्फोन्सो दुराजोले एउटा भिडियो सन्देशमा भनेका छन् । यस घटनामा परेर बाँचेकाहरूको हर्मोसिलोकै एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सुपर मार्केटमा सर्वसाधारणमाथि आक्रमण भएको वा हिंस्रक कार्य भएको सम्भावनाको स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले अस्वीकार गरेका छन् । सप्ताहन्तमा मेक्सिकोमा ‘डे अफ दि डेड’ मनाइरहँदा यो घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण