प्रहरी वृत्त थानकोटमा आगजनी गरेको आरोपमा एक जना पक्राउ
सारांश
- जेनजी प्रदर्शनको आवरणमा थानकोट वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले किरण लामालाई पक्राउ गरेको छ।
- पक्राउ परेका लामा मकवानपुरको थाहा नगरपालिकाका हुन्, र उनको समूहले मोटरसाइकल र कार्यालय भवनमा आगजनी गरेको आरोप छ।
- प्रहरीले यसअघि तोडफोड तथा आगजनीमा संलग्न अन्य तीन जनालाई पनि पक्राउ गरेको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी वृत्त थानकोटमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय किरण लामा छन् ।
बाणभञ्ज्याङ बस्ने लामाले भदौ २४ मा जेनजी प्रदर्शनको आवरणमा उच्छृङ्खल गतिविधि गर्दै वृत्तमा आगजनी गरेका हुन् । उनको नेतृत्वको समूहले पार्किङ गरेर राखेको मोटरसाइकल र कार्यालय भवनमा आगजनी गरेको भिडियोमा देखिएको छ ।
शुक्रबार उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
थानकोट वृत्त र प्रहरी प्रभाग बलम्बुमा तोडफोड तथा आगजनीमा संलग्न आरोपमा हालसम्म ४ जना पक्राउ परेका छन् । किरण लामा, प्रताप तामाङ, अष्टमान बलामी र अर्जुन लामालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण