निकोलस भुसाललाई खोज्दै प्रहरी
काठमाडौँ । हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ । भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी(सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
भुसालको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले भक्तपुरको गुण्डु स्थित ओली निवासमा सुरक्षा सतर्कता अपनाएको छ ।
भुसालले सामाजिक सञ्जालमा भड्काउपूर्ण अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले उनको समूहलाई प्रतिकारको चेतावनी दिएका छन् ।
नेकपा एमाले निकट युवा स्वयंसेवक बलले आइतबार गुण्डुमा भेला आयोजना गरेको छ । सो बलले मोटरसाइकल र्याली समेत आयोजना गरेपछि भुसालमाथि ‘थ्रेट’ बढेको प्रहरीको विश्लेषण छ ।
प्रहरीले भुसाललाई खोजिरहेको छ । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिन खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । भुसाल सञ्चार सम्पर्क विच्छेद गरेर बसेका प्रहरी स्रोतले बतायो ।
यसअघि गत असोज २३ मा काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण