पहिरोको कारण अलपत्र नागरिकहरूकाे सकुशल उद्धार
आइतबार, १६ कात्तिक २०८२, १८ : २५
गोरखा । गोरखाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।
उक्त विषयमा जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको आइतबार उद्धार गरी माछीखोलातर्फ पठाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण