शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने
आइतबार, १६ कात्तिक २०८२, १८ : २९
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो ।
सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि आइतबारदेखि मन्त्री पुनले सिंहदरबारबाटै काम सुरु गरेका हुन् ।
मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी असोज ७ गतेदेखि केशरमहलमै बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण