दक्षिण अफ्रिकालाई जितका लागि भारतले दियो २९९ रनको लक्ष्य
आइतबार, १६ कात्तिक २०८२, २० : ४०
काठमाडौँ । आईसीसी महिला विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई जितका लागि २९९ रनको लक्ष्य दिएको छ।
डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनायो ।
भारतका लागि शफाली वर्माले सर्वाधिक ८७ रनको अर्धशतक प्रहार गरिन् । उनले ७८ बलमा ७ चौका र २ छक्का प्रहार गरिन् ।
त्यस्तै दीप्ती शर्माले ५८ रनको अर्धशतकीय पारी खेल्दा स्मृती मन्दनाले ४५ तथा रिचा गोसले ३४ रनको योगदान गरिन् ।
दक्षिण अफ्रिकाका लागि बलिङतर्फ याबोन्गाले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै नोनकुलुलेको मल्बा, नाडिने डे लेर्क र चालोइ ट्राइओनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण