चुम खोलामा सुक्खा पहिरो, सडक अवरुद्ध
आइतबार, १६ कात्तिक २०८२, २१ : ५४
चितवन । यहाँको चुम खोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार राती इच्छाकामना गाउँपालिका–३ चुम खोलामा सुक्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो।
सडक विभाग र प्रहरीको टोली घटनास्थलमा पुगिसकेको र पहिरो पन्छाउने काम सुरु भइसकेको छ। करिब ३० देखि ४५ मिनेटभित्र सडक पुनः सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो ठुलो नभएकाले बाटो खुलाउन धेरै समय लाग्ने छैन। हाल त्यस क्षेत्रमा सवारी साधनको जाम नरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले बदलेको भारत
-
परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत
-
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण