मुग्लिन नजिकै अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
सोमबार, १७ कात्तिक २०८२, ०६ : ३८
सारांश
- पृथ्वीराजमार्गमा सुक्खा पहिरोका कारण अवरुद्ध भएको यातायात सेवा दुईतर्फी सञ्चालनमा आएको छ।
- इच्छाकामना-३, चुमखोला नजिक राति ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
- प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाएपछि गए रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको हो।
मुग्लिन । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण