हमासले बुझायो थप ३ बन्धकको शव
सारांश
- हमासले बन्धकहरूको तीन शव इजरायललाई हस्तान्तरण गरेको छ, जुन गाजामा रेडक्रस मार्फत प्राप्त भएको थियो।
- इजरायलले हमासलाई बन्धकहरूको शव फिर्ता गर्न ढिलाइ गरेको आरोप लगाएको छ, जबकि हमासले भग्नावशेषमुनि फसेका शवहरू निकाल्ने काम भइरहेको जनाएको छ।
- इजरायली प्रधानमन्त्री नेतन्याहूको एक्स खातामा बन्धकका परिवारलाई अपडेट दिइएको छ र सबै मृतक बन्धकहरूलाई तुरुन्तै फिर्ता ल्याउन दबाब दिइएको छ।
तेल अभिभ । हमासले बन्धकहरूको ३ शव भएको दाबी गर्दै कफिनहरू हस्तान्तरण गरेको छ । गाजापट्टीमा रेडक्रसमार्फत कफिनहरू प्राप्त गरिएको र औपचारिक पहिचानका लागि इजरायलमा पुर्याइएको बताइएको छ ।
शव बन्धककै हो भन्ने पुष्टि भएमा गाजाले दिन बाँकी इजरायली र विदेशी बन्धकको शव ८ हुनेछन् । गत महिना अमेरिकाको मध्यस्थतामा इजरायलसँग भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले आफ्नो कब्जामा रहेका २० जीवित र २८ मृत बन्धकहरूलाई फिर्ता गर्न सहमति गरेको छ ।
आइतबार अघि गाजामा मारिएका ११ बन्धकहरूमध्ये ९ जना इजरायली, एक तान्जानियाली र एक थाई छन् । बन्धकहरूको शव फिर्ता गर्न धेरै ढिलो गरेको आरोप इजरायलले हमासलाई लगाएको छ ।
उता, हमासले चाहिँ गाजा क्षेत्रमा भग्नावशेषमुनि फसेका शवहरू निकाल्न काम भइरहेको बताएको छ । हमासको सशस्त्र शाखा, अल–कस्सम ब्रिगेड्सले आइतबार दक्षिणी गाजापट्टीको एउटा सुरुङको बाटोमा बन्धकहरूको शवको अवशेषहरू फेला परेको बताएको थियो ।
पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आधिकारिक एक्स खातामा सबै बन्धकहरूका परिवारहरूलाई यसबारे अपडेट दिइएको बताइएको थियो । बन्धकहरूको शव फिर्ता लिने प्रयास जारी रहेको र अन्तिम बन्धक फिर्ता नहुँदा यो प्रयास नरोकिने पोस्टमा भनिएको थियो ।
बन्धक र बेपत्ताका परिवार मञ्चले नेतन्याहूलाई गाजाबाट बाँकी रहेका सबै मृतक बन्धकहरूलाई तुरुन्तै फिर्ता ल्याउन दबाब दिइरहेका छन् । यसैबिच हमास र इजरायलले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार उत्तरी गाजामा इजरायली हवाई आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । आफ्ना सैनिकहरूको लागि खतरा उत्पन्न गर्ने एक लडाकुलाई प्रहार गरिएको इजरायली सेनाले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण