शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दयनीय आर्थिक अवस्था भएकी महिलालाई लियो क्लब अफ काठमाडौंको सहयोग

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ००
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • बालाजुकी सविना मगरलाई लियो क्लब अफ काठमाडौंले खाद्यान्न र चाउचाउ प्रदान गर्यो।
  • सविनाका श्रीमान् विदेशमा छन् र उनले ६ महिनादेखि घरखर्च पठाएका छैनन्।
  • क्लबले सविनालाई चार महिनादेखि घरभाडा तिर्न नसकेको र आर्थिक सहयोग गरेको जनायो।

काठमाडौँ । दयनीय आर्थिक अवस्थाबाट गुज्रिरहेकी बालाजुकी सविना मगरलाई लियो क्लब अफ काठमाडौंले सहयोग गरेको छ । क्लबका सदस्यहरुले उनको घरमा पुगेर खाद्यान्न र चाउचाउ प्रदान गरेका हुन् ।  

सविनाका दुई सन्तानमध्ये एक जना शारीरिक रुपमा अपाङ्गता भएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा गएको र ६ महिनादेखि घरखर्च नपठाएको उनले दु:खेसो पोखिन् । जीवनयापनका लागि आम्दानीको कुनै स्रोत नभएकाले उनलाई सहयोग गरिएको क्लबले जनाएको छ ।  

सविना र उनका सन्तानले चार महिनादेखि घर भाडा समेत तिर्न नसकेको क्लबले जनायो । उनलाई केही आर्थिक सहयोग पनि प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप