माओवादी महाधिवेशन आयोजक समितिको अन्तिम बैठक सुरू, जनार्दनले गरे बहिष्कार (तस्बिरहरू)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन् । प्रज्ञा भवन कमलादीमा सुरू भएको अन्तिम बैठकमा शर्मासहित सचिवालय सदस्य राम कार्कीले पनि बहिष्कार गरेका हुन् ।
असोजको ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर माओवादी, नेकपा एकीकृत समाजवादी सहित ८ वटा वामपन्थी घटकसँग एकता गर्ने घोषणा गरेपछि उनी असन्तुष्ट देखिएका थिए ।
विगत चार वर्षदेखि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस गर्दै आएका शर्माले विशेष महाधिवेशन टार्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेको आरोप लगाएका छन् । बैठकमा सहभागी नभएका शर्मा समूहले ललितपुरमा छुट्टै पत्रकार सम्मेलन गरी ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्ने तयारी गरेका छन् ।
शनिबार बसेको माओवादी आयोजक समितिको सचिवालय बैठकमा उनले एकीकृत समाजवादीसँगको एकता तत्काल रोक्न नेतृत्वलाई सुझाव दिएका थिए । तर उनको सुझाव प्रचण्डले अस्वीकार गरेपछि शर्मा अलग बाटो लागेका हुन् । चार दशकसम्म प्रचण्डलाई साथ दिएका शर्माको बहिर्गमनले पार्टीलाई क्षति पुग्ने माओवादीका नेता तथा कार्यकर्ताहरूले बताउन थालेका छन् ।
तस्बिरहरु : सुवास श्रेष्ठ/रातोपाटी







_M9GKZ2g52i.jpg)
_KEywzMoTmK.jpg)
_PyxO0xk6zu.jpg)
_x4pOYlkc0Y.jpg)
_bGtIMbpXYB.jpg)
_FBzE3elhdr.jpg)
_vwaSsjgN2N.jpg)
_vPTTGZtNOC.jpg)
_0NeaFsgTnm.jpg)
_1g9BjmHsR9.jpg)
_rPrZVLRgzK.jpg)
_hq7FTjkO8C.jpg)
_kjGFyQ2qLF.jpg)
_9XvHAUZgqx.jpg)
_OAJhnmEbAd.jpg)
_VFHNb9oJpW.jpg)
_JTrpK4dFQN.jpg)
_GDeP7O44jk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण