शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

राहदानी वितरणको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीले दिइन् यस्ताे निर्देशन

मङ्गलबार, १८ कात्तिक २०८२, १९ : ५६
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।

मन्त्रालय र विभागका अधिकारीहरूलाई मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी लिएकी हुन् । 

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन समेत दिइन् । 

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनले निर्देशन दिएकी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप