शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न एक जना पक्राउ

मङ्गलबार, १८ कात्तिक २०८२, २० : ४३
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक युवा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला धनुषा, बटेश्वर गाउँपालिका ५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ३ बस्ने १८ वर्षीय शिवम चौधरी यादव रहेका छन्। यादवमाथि प्रहरीको युनिफर्म र ट्राफिक ह्वील लकसमेत लुटेर दुरुपयोग गरेको र सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

साथै, उनले प्रदर्शनका क्रममा भिडलाई उत्तेजित पारेर आक्रमण गर्नका लागि अभिव्यक्ति दिएको पनि प्रहरीको दाबी छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले यादवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप