जेनजी आन्दोलनका घटनामा १४१ मुद्दा दर्ता, ३७५ जना पक्राउ
काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्।
क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन् ।
कोशी प्रदेशमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पक्राउ परेका छन्। मधेस प्रदेशमा ६ वटा मुद्दा दर्ता भई २१ जना पक्राउ परेका छन्।
बागमती प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने ३३ जना अभियुक्तहरू पक्राउ परेका छन्। गण्डकी प्रदेशमा ७ वटा मुद्दा दर्ता भएका छन् र ३२ जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने २९ जना पक्राउ परेका छन्।
कर्णाली प्रदेशमा ३ वटा मुद्दा दर्ता भई ४ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशमा ३ वटा मुद्दा दर्ता भएका छन् भने ८ जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरू माथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजना मुद्दा दर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण