मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

के हुन्छ दिनहुँ करेलाको जुस पिउँदा ?

बुधबार, १९ कात्तिक २०८२, १० : ३६
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • करेला स्वास्थ्यका लागि फाइदाजनक छ, तर अत्यधिक सेवन हानिकारक हुन सक्छ।
  • करेलाको जुस मिर्गौला सफा गर्न र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी हुन्छ।
  • करेलाको जुसले छालालाई फाइदा पुर्‍याउँछ र तौल घटाउन मद्दत गर्छ, तर धेरै पिउँदा पेट सम्बन्धी समस्या आउन सक्छ।

काठमाडौँ । हाम्रो भान्सामा हाम्रो शरीरलाई असङ्ख्य पोषक तत्त्वहरू प्रदान गर्ने अनि स्वास्थ्य कायम राख्न सक्ने कयौँ तरकारीहरू छन् । यिनैमध्ये एक हो, करेला । स्वाद तितो भए पनि करेला स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

 दैनिक करेला खानु वा यसको रस पिउँदा धेरै फाइदा मिल्न सक्छ । करेला निश्चित रूपमा स्वस्थकर भए पनि यसको अत्यधिक सेवन हानिकारक हुन सक्छ । करेलाको रस सन्तुलित मात्रामा सेवन गर्नुपर्छ । पहिले नै मिर्गौलाको समस्या छ भने यसको सेवन गर्नु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ । आजको यस लेखमा हामी दैनिक रूपमा करेलाको जुस पिउनुका फाइदाहरू र अत्यधिक सेवनको सम्भावित साइड इफेक्टहरू कुराकानी गर्नेछौँ ।

के–के हुन्छ करेलाको जुसमा ?

करेला भिटामिन सी, पोटासियम, जिंक, आइरन र फोलेट जस्ता पोषक तत्त्वहरूले भरिपूर्ण छ । करेलाको जुस पिउनाले तपाईंको दैनिक भिटामिन सीको आवश्यकताको लगभग ८७% पूरा गर्न सक्छ । भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, मस्तिष्कलाई स्वस्थ राख्छ, र चोटपटक वा रोगबाट छिटो निको हुन मद्दत गर्छ ।

करेलाको जुस सेवनका फाइदाः

१. मिर्गौलाको लागि राम्रोः

करेलाको जुसले मिर्गौला सफा गर्न मद्दत गर्छ । यसले शरीरबाट फोहोर र विषाक्त पदार्थहरू हटाउने प्रक्रियालाई सुधार गर्छ । यो मधुमेहका बिरामीका लागि विशेष गरी फाइदाजनक छ किनकि यसले रगतमा चिनी नियन्त्रण गरेर मिर्गौलामा दबाब कम गर्छ ।

२. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छः

करेलाको रसले टाइप २ मधुमेह भएका मानिसहरूमा रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ भनेर धेरै अध्ययनहरूले देखाएका छन् । यसले शरीरमा प्राकृतिक इन्सुलिनको रूपमा काम गर्छ र ग्लुकोजको उपयोग सुधार गर्न मद्दत गर्छ ।

३. छालाको लागि फाइदाजनक:

करेलाको रस एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले छालालाई फ्री रेडिकलहरूबाट जोगाउँछ ।  फ्री रेडिकल हानिकारक तत्त्वहरू हुन् जसले छालामा फुस्रोपन र बुढ्यौली निम्त्याउँछ । यसमा प्रो–भिटामिन ए पनि हुन्छ, जसले छालालाई उज्यालो बनाउँछ र घाउ अनिदागहरू छिटो निको पार्न मद्दत गर्छ ।

४. तौल घटाउन मद्दत गर्छः

तपाईँ तौल घटाउन खोज्दै हुनुहुन्छ भने, करेलाको जुसले मद्दत गर्न सक्छ । यसले मेटाबोलिज्म बढाउँछ, बोसो जलाउन मद्दत गर्छ, र विशेष गरी उच्च बोसोयुक्त आहार खानेहरूका लागि लाभदायक हुन्छ ।

करेलाको धेरै जुस पिउनुका बेफाइदाहरू:

फाइदाजनक भए पनि करेलाको जुस धेरै पिउनाले केही साइड इफेक्टहरू हुन सक्छन् । करेलाको जुस धेरै खँदा पेट दुख्ने, पखाला वा बान्ता हुने, पेट दुख्ने वा ग्यास बन्ने जस्ता समस्या उत्पन्न हुन्छ । करेलाको जुस मिर्गौलाको लागि फाइदाजनक हुन सक्ने तर यसले हानि पु-याउँछ भन्ने कुनै ठोस प्रमाण नभएको केही अनुसन्धानहरूले भनेका छन् । जे भए पनि करेलाको जुसलाई सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ । 

(अस्वीकरण: सल्लाह सहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइनबाट तयार पारिएको हो । कुनै पनि हिसाबले यो योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप