स्वास्थ्य मन्त्रालयले गर्यो महाशाखा प्रमुखहरूको हेरफेर
सारांश
- स्वास्थ्य मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।
- मन्त्रालयले कामकाजलाई प्रभावकारी बनाउन उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
- डा.मदनकुमार उपाध्याय, डा.राधिका थपलिया, केशव पण्डित र डा. रोशन न्यौपानेलाई नयाँ जिम्मेवारी दिइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।
मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा.मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा.राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपानेलाई सरुवा गरिएको छ ।
यसैगरी डा.पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा गरिएको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण