शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्छ : आङ गेलु शेर्पा

बुधबार, १९ कात्तिक २०८२, १७ : ०९
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • आङ गेलु शेर्पाले फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने बताए।
  • उनले पार्टीभित्रका प्रश्न र देशका समस्या समाधानका लागि महाधिवेशन आवश्यक रहेको बताए।
  • शेर्पाले लोकतन्त्रका हिमायती अधिवेशनबाट भाग्न नहुने र महाधिवेशनले नयाँ नेतृत्व दिने बताए।

काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले पार्टीले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्दै शेर्पाले पार्टीभित्र उठेका प्रश्नहरूको समाधान र देशका ठुला समस्याको सम्बोधनका लागि महाधिवेशनबाटै नयाँ नीति र नेतृत्व निर्माण गर्नुपर्ने बताए ।

‘निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी प्रश्न उठिरहेका शासकीय स्वरूप, विदेश नीति लगायतका राष्ट्रिय विषयहरूको स्पष्ट मार्ग निर्देशन गर्दै थप ऊर्जा र जाँगरका साथ अगाडि बढ्नु अहिलेको टट्कारो आवश्यकता हो। यसले मात्र वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्न सकिन्छ,’ शेर्पाले भने ।

शेर्पाले लोकतन्त्रका हिमायतीहरू अधिवेशनबाट भाग्न नमिल्ने बताए । अधिवेशनबाटै पार्टीको सुधार, एकता र पुनरुत्थान सम्भव भएको शेर्पाको भनाइ छ । पार्टीभित्र देखिएको निराशा र अविश्वास अन्त्य गर्ने एकमात्र माध्यम महाधिवेशन भएको बताउँदै शेर्पाले महाधिवेशनले कांग्रेसलाई नयाँ सोच, नयाँ नीति र नयाँ पुस्ताको नेतृत्वतर्फ अघि बढाउने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप